–अमानव
देशको सपनाहरू उड्दै छन् आज बादल माथि
न इष्ट मित्र न कोही छन् यहाँ छैन आफ्नै साथी
सबैलाई प्यारो भको छ आज त्यो पराइ भूमि
रम्न थालेको छ अब मन पनि अरूकै माटो घुमी ।
सबैको पसिना पनि अरूकै माटो मलिलो गर्दै छ
सबैलाई जीवन त्यही नै रमेर सजिलो हुँदै छ
सबैको मनले आफ्नो गाउँ देश भुलेर जाने भो
माया पनि देशको अब त्यही झुलेर जाने भो ।
सम्झना मात्र आएर के गर्नु मनले नमाने पछि
मनले फेरि उतै नै आफ्नो जस्तो ठानेपछि
नसकिँदो रहेछ यो भुल्ने आदत बिर्सनलाई
सकिन्छ भनेर यो देशमा नि केही गर्नलाई ।
सबैलाई बेचैनी ले सतायो छिट्टै फुल्नु बनायो
सबैको मनमा धैर्य हरायो छिट्टै फल्नु बनायो
एउटा गरेर भएन यसलाई के गर्नु गर्नु बनायो
बेचैनीले सतायो न बाच्नु न मनु बनायो ।