२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

गाजामा इजरायली कारबाही यथावत, युद्धविराम प्रस्ताव अस्वीकार

Nada
२०८२ भदौ १९ गते १३:४७
Shares
गाजामा इजरायली कारबाही यथावत, युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडौंः इजरायलले हमासद्वारा प्रस्ताव गरिएको युद्धविराम सम्झौतालाई अस्वीकार गर्दै गाजा सहरमा सैन्य कारबाही जारी राख्ने स्पष्ट सङ्केत दिएको छ ।

ncell

हमासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली बन्धकहरूको रिहाइ सँगै प्यालेस्टाइनी बन्दीहरूको अदलाबदल, गाजाबाट इजरायली फौजको फिर्ता, सीमाना नाकाहरू पुनः सञ्चालन, मानवीय सहायता आपूर्ति र गाजाको पुनर्निर्माण कार्य प्रारम्भ गर्ने प्रस्तावसहित एक व्यापक सम्झौता प्रस्तुत गरेको थियो ।

त्यसका अतिरिक्त, हमासले प्राविधिक विज्ञहरूको सहभागितामा स्वतन्त्र राष्ट्रिय प्रशासन गठन गरी गाजाको नागरिक प्रशासन सम्हाल्ने प्रस्ताव समेत अघि सारेको थियो । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले उक्त प्रस्तावलाई ‘सिर्फ प्रचारात्मक चाल’ मात्र भएको भन्दै खारेज गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा इजरायलले तब मात्र युद्ध अन्त्य गर्न सहमति जनाउनेछ जब हमासले गाजामा इजरायली सुरक्षाको पूर्ण नियन्त्रण स्वीकार गर्ने, गाजा क्षेत्रलाई पूर्ण रूपमा निरस्त्रीकरण गर्ने, गैर–प्यालेस्टाइनी प्रशासन गठन गर्ने र सबै इजरायली बन्धकहरूलाई मुक्त गर्ने जस्ता शर्तहरू पूरा गर्ने भनिएको छ ।

इजरायलको यो अडानले युद्धको अवस्था थप जटिल बन्ने सङ्केत दिएको छ, जसले गाजाको अवस्था झनै संकटपूर्ण बन्न सक्ने देखिन्छ । एजेन्सी 

ताजा खबर

सम्बन्धित खबर