
टोकियो : जापानमा सम्पन्न भएको सितोरियो कराते अन्तर्राष्ट्रिय प्रतियोगितामा हेटौंडाकी अन्तर्राष्ट्रिय कराते खेलाडी पार्वती गिरी तेस्रो हुँदै नेपाललाई कास्य पदक दिलाएकी छिन् । सो प्रतियोगितामा युरोप, अमेरिका, अस्ट्रेलिया लगाएत एसियाका बिभिन्न देशहरूबाट खेलाडीहरुले भाग लिएका थिए ।
पार्वतीले सितोरियो कराते खेलमा महिलातर्फको फ्रि क्याटगोरी कुमिते (फाइट) अन्तर्गत हङकङका खेलाडीसँग सेमिफाइनलमा पराजित भई कास्य पदक प्राप्त गरेकी हुन् ।
मूल घर हेटौंडा भइ हाल जापानमा काम गर्दै आइरहेकी उनले यसअघि पनि जापानमा आयोजित विभिन्न सितोरियो कराते खेलमा पदकहरू प्राप्त गर्दै आएकी छन् ।
नेपालमा रहँदा पनि उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिएर कैयौं पदकहरू हासिल गरेकी थिइन् ।
