२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

सातै प्रदेशमा अटिजम स्कुल आवश्यकः स्वास्थ्यमन्त्री पौडेल

shivam cement
मध्यान्ह
२०८२ भदौ १८ गते १५:३५
सातै प्रदेशमा अटिजम स्कुल आवश्यकः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयमा बुधबार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्राडा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले बताएका हुन् । प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एक वटा अटिजम स्कुलको खाँचो औँल्याए  । मन्त्रालयले यसलाई दीर्घकालिन परियोजना बनाएर काम गर्ने उनको भनाइ छ । 

उनले काठमाडौंको बुढानिलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिए । बुढालिनकण्ठ–४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया सुरु भइसकेको उनले बताए । अटिजम स्कुल सञ्चालनको लागि चालू आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको उनको भनाइ छ । उनले अटिजम स्कुल स१चालनको लागि काठमाडौं महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडी बढ्ने बताए । 

उनले भने, ‘खासगरि अहिले चाँही हामीले यो पटकको बजेटमा काठमाडौंमा एउटा अटिजम स्कुल बुढालिनकण्ठ वडा नम्बर ४ मा चाहीँ जग्गा छ, त्यहाँ भवन बन्ने प्रक्रिया सुरु भएको छ । यसको डिपिआर पनि हामीलाई उपलब्ध छ । त्यसमा हामीले बजेटमा नै ३ करोड रुपैयाँ, त्यो धेरै त होइन तर हामीले शिर्षक उल्लेख गरेको स्थिति छ । हामीले चाहीँ त्यसलाई रफ्तारमा अगाडी बढाउँदैछौँ र काठमाडौंमा अटिजम स्कुल हामीले बनाएर नै छाड्छोँ । त्यसमा चाहीँ काठमाडौं महानगरपालिकाका मेयरले पनि त्यसमा चाहना राख्नुभएको छ । उहाँहरुसँग पनि समन्वय गरेर हामीले चाहीँ त्यसलाई अगाडी बढाउनेछौँ । र व्यवस्थित अटिजम स्कुल चाहीँ हामीले काठमाडौंमा पहिलो चरणमा निर्माण गर्नेछौँ र यो सातै प्रदेशमा कम्तीमा एक/एक वटा प्रारम्भिक चरणमा आवश्यक छ । यसलाई पनि हामी दीर्घकालिन परियोजनाको रुपमा अगाडी बढाउने कुरा चाहीँ यहाँहरुको बीचमा राख्न चाहन्छु ।’ 

उनले नेपालमा हालसम्म कति अटिजम भएका बालबालिका छन् भन्ने यकिन तथ्याङ्क नै नभएको बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise