काठमाडौं : गत आर्थिक वर्ष २०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड बराबर रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो आवको तुलनामा गत आवमा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा १९ दशमलव २ प्रतिशतले र अमेरिकी डलरमा १६ दशमलव ३ प्रतिशतले बढेको हो ।
गत असार महिनाको रेमिट्यान्स आप्रवाह मात्रै एक खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।
समीक्षा वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।