२०८२ भदौ ८ गते आइतवार / Aug 24 , 2025 , Sunday
२०८२ भदौ ८ गते आइतवार
Ads

रोयल नेपाल युथ एसोसिएसन कतारद्वारा पवित्र समाजलाई आर्थिक सहयोग

shivam cement
तिलु शर्मा पौडेल
२०८२ साउन २२ गते १९:०३
रोयल नेपाल युथ एसोसिएसन कतारद्वारा पवित्र समाजलाई आर्थिक सहयोग

दोहा, कतार : रोयल नेपाल युथ एसोसिएसन (ठकुरी ग्रुप) कतारले बूढानीलकण्ठ ४, काठमाडौंमा रहेको पवित्र समाज सेवा नेपाललाई आर्थिक सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारको खेलकुद विभागसँगको समन्वयमा सञ्चालित ‘अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता’मार्फत भएको आम्दानीमध्येबाट एक लाख रुपैयाँ पवित्र समाजलाई बिहीबार बिहान एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । उक्त प्रतियोगिता बक्र इद (इद–उल–अज्हा)को अवसरमा सञ्चालन गरिएको थियो ।

समाजका प्रमुख सल्लाहकार राजन चापागाईं, एनसिसी कतारका प्रमुख सल्लाहकार रमेश भट्टसहित व्यवसायी प्रकाश लामाले पवित्र समाजको आश्रय स्थलमा पुगेर रकम हस्तान्तरण गरेका हुन् । उक्त घरमा आश्रय लिइरहेका ६३ जनामध्ये कतिपय विद्यार्थी पनि रहेको र उनीहरूको पढाइ तथा फिका लागि रकमको आवश्यकता परेको भन्ने बुझेपछि नगद हस्तान्तरण गरिएको प्रमुख सल्लाहकार भट्टले जानकारी दिए ।

लामाले समेत व्यक्तिगत रूपमा केही सहयोग गरेका थिए । सहयोग ग्रहणपछि बोल्दै पवित्र समाजकी सञ्चालिका दीक्षा चापागाईंले एनसिसी र ठकुरी ग्रुप दुवैप्रति आभार व्यक्त गर्दै सहयोगले आफूहरूलाई ठुलो अर्थ राख्ने बताइन् ।

खेल सञ्चालन गर्दा आफूहरूले पवित्र समाजलाई सहयोग गर्ने प्रतिबद्धता जनाएबमोजिम नै सहयोग गरिएको ठकुरी ग्रुपका अध्यक्ष केशु मल्ल ठकुरीले बताए । ग्रुपले कतारका विभिन्न सार्वजनिक कार्यक्रममा ‘सुरक्षाका लागि स्वयंसेवक’देखि सुरक्षाकर्मीका रूपमा सशक्त जिम्मेवारी निभाउँदै आएको छ । ग्रुपले नेपाली समुदायलाई सहायताका साथै समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्दै आइरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise