२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

जिएम ब्युटी सैलुनमा एक महिने ब्युटिसियन तालिम सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ असार १८ गते १९:५७
जिएम ब्युटी सैलुनमा एक महिने ब्युटिसियन तालिम सम्पन्न

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तथा जीएम ब्युटी सैलुनको सहकार्यमा कौशलटारमा सञ्चालित एक महिने सौन्दर्य कला तालिम सम्पन्न भएको छ ।

स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो सीपमूलक तालिम लघु उद्यम विकास कार्यक्रमअन्तर्गतको हो । तालिम समापनसँगै सहभागी महिलाहरुलाई प्रमाणपत्र र आवश्यक उपकरण हस्तान्तरण गरिएको छ ।

उद्योग, सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अभयन्द्र रञ्जितको अध्यक्षता र वडा नं. ३ का अध्यक्ष कृष्ण हरी आचार्यको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा वडा सदस्य निर्मला परियार, वडा सचिव अञ्जु भट्टराई, उपकार साकोसका व्यवस्थापक कपिल ध्वजु, वरिष्ठ कसमेटोलोजिस्ट तथा जीएम ब्युटी सैलुनकी सञ्चालिका मन्दिरा खड्का, लघुवित्त सहजकर्ता शोभा राउतलगायत विभिन्न क्षेत्रका प्रतिनिधि, पत्रकार तथा स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि आचार्यसहित अतिथिहरूले तालिम प्राप्त महिलालाई प्रमाणपत्र र सीपसँग सम्बन्धित प्रविधि (उपकरण) हस्तान्तरण गरे ।

आफ्नो सम्बोधनमा वडा अध्यक्ष आचार्यले यस्ता तालिमहरुले युवाहरुलाई स्वरोजगार बनाउने, आत्मनिर्भर बनाउने र वैदेशिक रोजगारको वैकल्पिक मार्ग खोल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

समापन अवसरमा तालिम सफलतामा सहभागीहरूबीच उत्सवस्वरूप केक काटेर खुशीयाली समेत साटासाट गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise