२०८२ भदौ ११ गते बुधवार / Aug 27 , 2025 , Wednesday
२०८२ भदौ ११ गते बुधवार
Ads

पप गायक नवीन के भट्टराईले कतारमा प्रस्तुति दिने

shivam cement
मध्यान्ह
२०८२ भदौ ११ गते १९:०१
पप गायक नवीन के भट्टराईले कतारमा प्रस्तुति दिने

दोहा, कतार : कतारमा गायक नवीन के भट्टराई र अतृप्त ब्यान्डले प्रस्तुति दिने भएका छन् । आगामी शुक्रबार राति साना सिग्नल नजिक रहेको ग्राण्ड रिगल होटेलको मिजानियन फ्लोरमा रहेको अर्मानि एक्स लन्ज एन्ड बारमा आयोजना हुने सांगीतिक कार्यक्रममा उनीहरूले प्रस्तुति दिने भएका हुन् ।

गायक भट्टराई नेपाली पप संगीतको क्षेत्रमा परिचित नाम हो । उनले गाएको साँझ पख.., आँखामा तिमिलाई..., सायद तिमि नै हौ..., ए झरी.. लगायत गीतहरू निक्कै चर्चित छन् । भट्टराई संगीतको साधक मात्र नभई संगीत विधामा स्नातक सम्म गरेका शिक्षित कलाकारमा गनिन्छन् ।

कार्यक्रमका लागि क्लबको ढोका दिउँसो ६ बजेबाट खुल्ने र साँझ ८ बजेबाट राती १२ बजेसम्म प्रस्तुति सुरु रहने कार्यक्रम संयोजक रोशन अर्यालले मध्यान्ह दैनिकलाई बताए । कार्यक्रममा प्रवेश गर्न पुरुषहरूका लागि शुल्क ५० करी र महिलाहरू निःशुल्क प्रवेश गर्न सक्नेछन् । थप जानकारीका लागि कार्यक्रम संयोजक अर्याललाई ७०६६५६४४ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise