२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

'इरान-इजरायलमा रहेका एक जना नेपाली नागरिकले पनि स्वदेश फर्किन चाहे सरकारले ल्याउँछ'

shivam cement
मध्यान्ह
२०८२ असार ६ गते १६:२३
'इरान-इजरायलमा रहेका एक जना नेपाली नागरिकले पनि स्वदेश फर्किन चाहे सरकारले ल्याउँछ'

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले द्वन्द्वग्रस्त देशहरु इरान-इजरायलयमा रहेका एक जना पनि नेपालीहरुले स्वदेश फर्किन चाहेको खण्डमा नेपाल ल्याइने बताएकी छन् ।

इरान र इजरायलमा सुरु भएको युद्धका बारेमा त्यहाँ रहेका नेपालीहरुलाई कसरी उद्धार गर्ने र उनीहरुको सुरक्षा गर्ने भन्ने योजना बनाउनका लागि सिंहदरबारमा बसेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र, गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका मन्त्री र पदाधिकारीहरुसँगको छलफलमा परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् ।

छलफलमा युद्धग्रस्त देशहरुबाट नेपाल फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले काम गरिहरेको उनले बताइन् । उनले नेपाल फर्किन चाहना राख्ने र अफ्ठ्यारोमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकार सक्षम रहेको जिकिर गरिन् ।

सरकारले इरान र इजरायलको युद्ध सुरु भएदेखि गम्भीरतापूर्वक नियालिरहेको भन्दै ट्राभल एड्भाइजरी जारी गर्ने काम पनि गरेको उनले बताइन् । सरकारले एउटा पोर्टल बनाएर इजरायल र इरानमा रहेका नेपालीहरुको बारेमा विवरण संकलन गर्न सुरु गरेको र अहिलेसम्म ६ सय ३ जनाले एपमा आफ्नो विवरण उपलब्ध गराएको उनले जानकारी दिइन् ।

जसमध्ये २० जनाले मात्रै फर्किन चाहेको उनले बताइन् । आइतबारदेखि सबैतिरको श्रममा गएकाहरुलाई रजिस्टर गर्नसक्ने एप सार्वजनिक गर्ने तयारीमा रहेको बताउँदै त्यस एपमा सबैले आफ्नो विवरण उपलब्ध गराउनसक्ने उनले बताइन् । भारतको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर भारतीय नागरिक फिर्ता ल्याउँदा नेपालीहरुलाई पनि ल्याउन आग्रह गर्ने पनि उनले बताइन् ।

परराष्ट्रमन्त्री डा. राणाले सरकारले नेपाली नागरिकहरुको सुरक्षा र उद्धार गर्नुपर्ने अवस्थामा सम्भव भएसम्मका सबै उपाय, पहल र प्रबन्ध गर्ने बताइन् ।

ADV

सम्बन्धित खबर

Advertise