२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

प्रतिष्ठानका ल्याब टेक्निसियन बुढामाथि कुटपिट

दिलमाया शाही
२०८२ जेठ २० गते २१:५१
प्रतिष्ठानका ल्याब टेक्निसियन बुढामाथि कुटपिट

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब टेक्निसियन पाँचौं तहमा कार्यरत सन्तोष बुढाले आफूमाथि कुटपिट भएको बताएका छन् । 

हुम्लाको ताँजाकोट गाउँपालिका ५ घर भएका बुढा जेठ १ गतेबाट प्रतिष्ठानको ल्याब टेक्निसियन पाँचौं तहमा हाजिर भएका थिए । सोमबार दिउँसो १२ बजे डिउटीमा रहेको बेला चन्दनाथ नगरपालिका ३ घर भएका ल्याब असिस्टेन्ट चौथो तहको कार्यरत्त नहकुल तिमिल्सेनाले मुक्का प्रहार गरी बेहोस बनाएको बुढाले आरोप लगाएका छन् ।

पीडित सन्तोषले भने,‘म काम गरिरहेको बेलामा एक्कासी आएर सेरोलोर्जी सेस्ट हाल भनेका थिए । म काम गर्दै छु, हुन्छ पछि गरौँला भनेको थिए । मितिल्सेनाले ओई तँ कसको ठाउँमा आएको छस् भनि ज्यान मार्ने धक्की दिएका थिए । त्यसको केही बेरपछि मलाई थाहा नपाउने गरी पछाडिबाट गालामा मुक्का प्रहार गरे । म बेहोस भएर ढले ।’ उनको बायाँ कानको भाग सुन्निएको छ । 

सोमबार घटना भएपनि सम्बन्धित निकायमा जानकारी गराउँदा समेत कुनै वास्ता नभएको उनले बताए । घटना भएलगत्तै सबैलाई खबर गरेको उनले बताए । तिमिल्सेना डिउटीमा पोसाक बिना आउने र धक्काउने गरेको उनको आरोप छ  । बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन समेत दिएका छन् । 

प्रहरीको अगाडि माफी मागे जस्तो गरेपनि फेरि साँझतिर अरु केटालाई समेत बोलाएर ज्यान मार्ने धम्की दिएकाले आफ्नो ज्यान खतरामा रहेको बताए ।

यता निमित्त उपकुलपति डाक्टर डब्बल बहादुर धामीले भने घटनाको बारेमा आफुलाई कुनै जानकारी नआएको बताए ।  त्यस्तै प्रष्ठिानका निमिक्त निर्देश डाक्टर रविन खापुङले दुवै जना बीच झगडा गरेको कुरा सोमबार ढिला  थाहा पाएको बताए । उनले हामीले दुवै पक्षको कुरा सुनेर समस्या समाधान गरिने बताए ।

ADV

सम्बन्धित खबर