२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

वस्तुको ट्रान्जिट पोइन्टले बढायो निर्यात

G Motors
छबि सापकोटा
२०८२ जेठ ७ गते २१:०६
वस्तुको ट्रान्जिट पोइन्टले बढायो निर्यात

काठमाडौं : नेपालले आयात गरेर भारत निर्यात गर्ने वस्तुको अकार बढ्दा नेपालको निर्यातले नयाँ रेकर्ड बनाएको छ । नेपालमा उत्पादन नहुने तर, नेपालले आयात गरी भारत निर्यात गर्ने वस्तु तथा सेवाको कारण नेपालले अहिलेसम्म कै धेरै निर्यात गरेको हो । 

चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउनदेखि वैशाखसम्म)मा नेपालबाट दुई खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट एक खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।  

निर्यात बढेसँगै नेपालको आयत समेत बढेको छ । विभागको तथ्यांकअनुसार १० महिनामा आयात १३.११ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा विभिन्न देशबाट १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा १३ खर्ब तीन अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

नेपालमा सबै भन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ । चालु आर्थिक वर्षको १० महिनामा दुई खर्ब ६४ अर्बको इन्धन आयात गरेको छ । यस्तै ८१ अर्ब ८९ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयत भएको छ । 

गत वर्षको तुलनामा व्यापार घाटा भने ६.७२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा यस्तो व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो । 

चालु आर्थिक वर्षको १० महिनामा सबै भन्दा धेरै वनस्पति तेल निर्यात भएको छ । सोयाबिन तेल र त्यसको कच्चा पदार्थ नेपालबाट ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

यस्तै समीक्षा अवधिमा सनफ्लावर तेल १० अर्ब नौ करोड ४९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यसरी सबै भन्दा धेरै निर्यात हुने सोयाविन, सनफ्लावर तेलको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरेर निर्यात हुने गरेको छ । नेपालमा कच्चा पदार्थ ल्याउने र नेपालमा प्रशोधन गर्ने ट्रान्जिट पोइन्टको रूपमा भारतमा निर्यात बढ्दा नेपालको निर्यातमा समेत बढेको छ । 

यस्तै नेपालको आफ्नै उत्पादन कार्पेट र अलैंची निर्यात समेत बढेको छ । १० महिनामा कार्पेट आठ अर्ब ८४ करोड रुपैयाँ र अलैँची ६ अर्ब ६७ करोड रुपैयाँ बराबर निर्यात भएको छ । तर, नेपालको आफ्नै उत्पादन निर्यात नहुँदा निर्यातको तथ्यांकलाई उत्साहको रूपमा हेर्न नहुने अर्थशास्त्री डा. रघुवीर बिष्ट बताउँछन् । 

ADV

सम्बन्धित खबर

Advertise