२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

काभ्रेका ३ वटा पालिका पूर्ण खोप सुनिश्चित

मध्यान्ह
२०८२ जेठ ३ गते २०:५५
काभ्रेका ३ वटा पालिका पूर्ण खोप सुनिश्चित

काठमाडौं : काभ्रेका ३ वटा पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा भएका छन् । जिल्लाका १३ वटा पालिकामध्ये नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका र मण्डनदेउपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा हुने मण्डनदेउपुर तेस्रो भएको छ । त्यसअघि वैशाख १७ गते

नमोबुद्धलाई जिल्लाको पहिलो पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको थियो ।

लगत्तै वैशाख अन्तिम हप्ता भुम्लु गाउँपालिका दोस्रो पालिकाकारुपमा पूर्ण खोप सुनिश्चित भएको थियो । राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले सबै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा अभियानमा संलग्न गराउने बताए ।
 

ADV

सम्बन्धित खबर