२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

मदन आश्रितको स्मृतिमा एमाले बझाङद्वारा रक्तदान

सत्यराज सिंह
२०८२ जेठ ३ गते २२:२७
मदन आश्रितको स्मृतिमा एमाले बझाङद्वारा रक्तदान

बझाङ : नेकपा (एमाले)का तत्कालिन महासचिव तथा जननेता मदनकुमार भण्डारी र  संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२औँ स्मृतिमा जिल्ला अस्पताल बझाङमा रक्तदान गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बझाङको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १० जनाले  रक्तदान  गरेको र बाँकी ३० जनाको  चाहेको खण्डमा उपलब्ध गराउने गरि गुरूपिङ गरेको नेकपा(एमाले) जिल्ला कमिटी बझाङले जनाएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बझाङका अध्यक्ष दिल बहादुर भण्डारीले कुनै पनि व्यक्तिले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नेताहरूको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उप–सचिव पंकज भण्डारीले मानिसको जीवनको लागि रक्तदानको ठूलो महत्व रहेकाले अझै पनि रक्तदानप्रति बुझाइ सकारात्मक बन्न नसकेकोले समुदायमा सचेतना फैलाउनका लागि रक्तदान गरिएको बताए ।

उनले एमालेका स्वर्गीय नेताहरूको स्मृतिमा रक्तदान आयोजना गरेर योगदानको स्मरण गरेको बताए ।

नेकपा एमालेका जिल्ला कमिटी सचिव नयन बोहराले मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाए बताए ।

रक्तदान कार्यक्रममा नेकपा एमालेका नेताकार्यकर्ता, राष्ट्रिय युवासंघ र अनेरास्ववियुका नेताहरू सहभागी रहेका थिए ।
 

ADV

सम्बन्धित खबर