२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

जुम्लामा अनलाइनबाट हुने ठगी बढ्दो, सतर्क रहन प्रहरीको आग्रह

दिलमाया शाही
२०८२ जेठ ३ गते २०:५९
जुम्लामा अनलाइनबाट हुने ठगी बढ्दो, सतर्क रहन प्रहरीको आग्रह

जुम्ला : पछिल्लो समय जुम्लामा समेत अनलाइन ठगीका घटना बढ्न थालेको भन्दै जोगिन प्रहरीले अनुरोध गरेको छ । विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी गर्ने र ठगीबाट बच्न विशेष सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय जुम्लाले अनुरोध गरेको हो । 

जुम्लामा पनि सामाजिक सञ्जाल जस्तै,फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर,भाइबर तथा इमोलगायतबाट फोन गरी डिजिटल वालेट तथा बैंक÷वित्तीय संस्थाबाट बोलेको भन्दै विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा म्यासेज गरी सरकारका कर्मचारी तथा आमसर्वसाधारणलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गरिएको पाइएको छ । 

चालु आर्थिक वर्षबाट जिल्ला प्रहरी कार्यालय जुम्लाले अनलाइन ठगी तथा बंैकिङ कसुरको सेवा सुरु गरेको छ । प्रहरीका अनुसार वर्ष २०८१/०८२ सालमा बैंकिङ कसुरको निवेदन संख्या २४ दर्ता भएका छन् । जसमध्ये १० वटा फछ्र्यौट भएका छन् । 

त्यस्तै  अनलाइन ठगीमा आर्थिक वर्ष ०८१/०८२ मा ३१ वटा निवेदन दर्ता भएका छन् भने  जसमध्येबाट ४ वटा फछ्र्यौट भएको बैंकिङ कसुर, अनलाइन ठगी, साइवर अपराध मुद्दाका अनुसन्धान अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ भदौसम्मको ठगीको प्रकृतिको तथ्यांकमा जम्मा ४१ वटा अनलाइन ठगी तथा बैंकिङ कसुरका घटना दर्ता भएका छन् । जसमा १० वटा फछ्र्र्यौट भइसकेका छन् । 

प्रहरीका अनुसार जसअन्तर्गत पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगी गरिएको ३ वटा ठगीमध्ये एउटा फछ्र्यौट भएको छ । जसमा ३ लाख ६० हजार रकम फिर्ता भएको छ । त्यस्तै बैंक खातामा अनाधिकृत पहुँच पु¥याइ रकम ठगी १६ वटा निवेदन रहेका थिए । जसमध्ये प्रहरीको सक्रियतामा ३ वटा फछ्र्यौट भएका छन् । जसमा ४० हजार फछ्र्र्यौट भएको छ । यसैगरी १२ जनालाई सामाजिक सञ्जालमा ठगी गरिएको मध्ये ३ जनाको फछर्र्यौट गरिएको छ । 

जसमा दुई लाख ४४ हजार ३ सय ६६ रुपैयाँ पीडितलाई फिर्ता गर्न प्रहरी सफल भएको हो । यसैगरी चिट्ठा परेको भनि ४ वटा ठगी भएकोमा १ जनाको फछ्र्र्यौट भएको छ । जसअन्तर्गत २० हजार चार सय ५० रुपैयाँ फिर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले बताए । 
 

ADV

सम्बन्धित खबर