काठमाडौंः सरकारले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको चुनौतिबारे विश्व समुदायको ध्यानाकर्षण गर्न आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्ने भएको छ ।
संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रतुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी दिएका हुन् ।
उक्त संवादमा व्यक्त धारणाका आधारमा जलवायु अनुकुल र असर न्युनिकरणका कार्यक्रम लागू गरिने राष्ट्रपति पौडेलले बताए । सन् २०४५ भित्र खुद शून्य कार्वन उत्सर्जन गर्ने देश बन्ने नेपालको प्रतिवद्धता पूरा गर्न दीर्घकालिन रणनीति कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।