२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

राजमार्गलाई हरित व्यवासायमा आधारित आर्थिक राजमार्ग बनाइने

मध्यान्ह
२०८२ वैशाख १९ गते १६:१४
राजमार्गलाई हरित व्यवासायमा आधारित आर्थिक राजमार्ग बनाइने

काठमाडौं : सरकारले विभिन्न राजमार्गलाई हरित व्यवसायमा आधारित आर्थिक राजमार्ग बनाउने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।

उनले पुस्पलाल मध्यपहाडी राजमार्ग, बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा कोरिडोरहरुलाई अरित व्यवसायमा आधारित राजमार्गको रुपमा स्थापित गराइने बताए । राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रुपमा निरन्तरता दिइने बताए । उनले कृषि आधुनिकीकरण परियोजनालाई पुनर्संरचना गरिने बताए ।

राष्ट्रपति पौडेलले माटोको जैविक गुणमा कमी आउन नदिन प्राङ्गारिक मल उत्पादन र प्रयोगमा प्रोत्साहन गरिने सरकारको नीति रहेको बताए । दिगो कृषि उत्पादन प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । 

ADV

सम्बन्धित खबर