२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

संविधानको समीक्षा गरिने, सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाइने

मध्यान्ह
२०८२ वैशाख १९ गते १५:३९
संविधानको समीक्षा गरिने, सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाइने

काठमाडौं : सरकारले संविधानको समीक्षा गर्ने भएको छ । शुक्रबार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीत तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनकाअनुसार सरकारले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण गर्ने, यसका बिरुद्ध हुने कुनैपनि प्रकृतिका प्रतिगामी, पुनःउत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्ने बताए ।

संविधानको समीक्षा गर्नुका साथै सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमी, कमजोरी सच्याउँदै सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए । राष्ट्रपति पौडेलले राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने बताए । 

ADV

सम्बन्धित खबर