२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

विद्युत् प्राधिकरणको श्वेतपत्र सार्वजनिक, विद्युत् आयात तत्काल शून्यमा झार्न नसकिने

मध्यान्ह
२०८२ वैशाख १९ गते १४:४८
विद्युत् प्राधिकरणको श्वेतपत्र सार्वजनिक, विद्युत् आयात तत्काल शून्यमा झार्न नसकिने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अहिलेको अवस्था समेटेर श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

कार्यकारी निर्देशक शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै ९७.५ विद्युत पहुँच पालिकाको हिसावले विद्युत पहुँच पुगेको बताए । उनले भने, 'वडाका हिसावले ९५ प्रतिशत विद्युत पहुँच पुगेको छ । घरसंरचनाका आधारमा पहुँच ९१.४ प्रतिशत पुगेको छ । फागुन मसान्तसम्म आन्तरिक माग २३३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्तो माग २४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ ।'

वर्षायामको विद्युत खेर गएको उनले बताए । सुख्खायाममा विद्युतको माग बढिरहेको र पूर्णरुपमा आपूर्ति गर्न नसकिएको शाक्यले बताए । 

उनले भने, 'आगामी दिनमा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिन्छ । प्राधिकरणको प्रक्षेपण अनुसार ०८२/८३ मा वर्षायाममा २६४८ मेगावाट, ०८३/८४ मा ३३१६ मेगावाट विद्युत जगेडा रहनेछ । यो निर्यात हुनुपर्ने देखिएको छ । तर त्यही समयमा २०८२/८३ को सुख्खा याममा ७९१ मेगावाट र ०८३/८४ मा ७२८ मेगावट अपुग आयात गर्नुपर्ने देखिन्छ ।'

शाक्यले आगामी दिनमा विद्युत आयात शून्य नहुने बताए । अहिलेकै हिसाबले अघि बढ्दा आयात हटाउन अझै केही वर्ष नसकिने उनले बताए । शाक्यकाअनुसार यसको दिगो समाधान र उर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री उर्जा भण्डारण प्रणाली निर्माण गरी उर्जा भण्डारण गर्नुपर्छ । यससँगै विद्युत खपतको वार्षिक वृद्धिदर हालको १२–१४ प्रतिशतलाई बढाएर २० प्रतिशत पुर्‍याउन सबै प्रयास गर्नुपर्छ । 

ADV

सम्बन्धित खबर