२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

बेथिति, भ्रष्टाचारविरुद्ध लाग्ने जुम्ला वाइसिएलको प्रतिबद्धता

दिलमाया शाही
२०८२ वैशाख १८ गते २०:३४
बेथिति, भ्रष्टाचारविरुद्ध लाग्ने जुम्ला वाइसिएलको प्रतिबद्धता

जुम्ला : जुम्लामा फैलिएको अन्याय, भ्रष्टाचार र सामाजिक विकृतिको विरुद्धमा लाग्ने वाइसिएल नेपालले प्रतिबद्धता जनाएको छ । केही समयदेखि सुस्ताएको महसुस गरेको वाइसिएल नेपाले अब व्याप्त बेथितीविरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाएको हो । भर्खंरै गठन भएको सामाजिक–सचेतना समूह वाइसिएल नेपालले बिहीबार आफ्नो आगामी कार्ययोजना पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको छ ।

कार्यक्रममा वाइसिएल नेपालका कन्द्रीय सदस्य नवराज शाहीले स्थानीय तहदेखि केन्द्रसम्म फैलिएको कमजोर प्रशासन, जनताका अधिकार माथिको अतिक्रमण, तथा सामाजिक न्यायको अभावलाई मध्यनजर गर्दै अब वाइसिएलले काम गर्ने बताए । 

उनले अब वाइसिएल प्रतिक्रियावादी र  गलत कामकोबिरुद्ध सडकमा उत्रन बाध्य हुने बताए । त्यस्तै वाइसिएलका कर्णाली प्रदेश इन्चार्ज कृष्ण बुढाले रगत र बलीदानीबाट आएको संघीय गणतन्त्रको रक्षा गर्नका निम्ति लाग्ने बताए । 

उनले जहाँ जनताको अधिकार कुण्ठित बनाइएको छ, त्यहाँ वाइसिएल चुप लागेर नबस्ने बताए । 

त्यस्तै माओवादी केन्द्र निकटको युवा संगठन, योङ्ग कम्युनिष्ट लिग(वाईसिएल) नेपालले जुम्लामा छैटौँ जिल्ला सम्मेलनबाट निर्वाचित भएका अध्यक्ष खगेन्द्र कार्कीले  वाइसिएलको प्रमुख उद्देश्य संगठनको नयाँ नेतृत्व चयन गर्नु र आगामी संगठन विस्तारका कार्यक्रमहरूको योजना बनाउनु रहेको बताए ।

उनले तत्काल गठन भएको आफु नेतृत्वको ७१ सदस्य वाइसिएलको कमिटीले जुम्ला जिल्लामा भएका सामाजिक, प्रशासनिक, वा राजनीतिक विकृति र अन्यायहरुप्रति काम गर्ने बताए ।

ADV

सम्बन्धित खबर