काठमाडौं : वैदेशिक रोजगार विभागको महानिर्देशकमा कमल भट्टराई नियुक्त भएका छन् । यसअघि विभागको महानिर्देशकमा नियुक्त भएका जीवलाल भुसाल जिम्मेवारी सम्हाल्न अनिच्छुक देखिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक भट्टराईलाई विभाग पठाएको हो ।
नवनियुक्त महानिर्देशक भट्टराईले शुक्रबार वा आइतबार नै विभागमा पदबहाली गर्ने बताइएको छ । हाल विभागको उपमहानिर्देशकमा चन्द्रबहादुर शिवाकोटी र निर्देशकमा टीका ढकाल र उपेन्द्र पौडेल कार्यरत रहेका छन् ।