२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

बजाजको पल्सर एन १६० र एन १२५ सार्वजनिक

मध्यान्ह
२०८२ वैशाख १७ गते २१:२४
बजाजको पल्सर एन १६० र एन १२५ सार्वजनिक

काठमाडौं : बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ बजाज पल्सर एन १६० र पल्सर एन १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलहरूले पावर, प्रविधि, र डिजाइनको संयोजनमार्फत् बजाज प्रेमीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ ।

नयाँ बजाज पल्सर एन १६० मा १६४.८२ सीसीको सिंगल–सिलिन्डर, एयर–कूल्ड, एसओएचसी, २–भल्व इन्जिन समावेश रहेको छ जसले १६ पीएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ । ५ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । यसमा डुअल–च्यानल एबिएस, ३७ मिमि अपसाइड डाउन फक्र्स, र नाइट्रोक्स मोनोशक सस्पेन्सन जस्ता उत्कृष्ट विशेषताहरू समावेश छन् । डुअल च्यानल भ्यारियन्टमा उपलब्ध विशेषताहरूका अतिरिक्त टर्न–बाइ–टर्न नेभिगेसन, एबिएस राइड मोड डिस्प्ले उपलब्ध छ ।

त्यसैगरी पल्सर एन १२५ मा १२४.५८ सीसीको एयर–कूल्ड, सिंगल स्पार्क, २–भल्व इन्जिन रहेको छ । जसले १२ पीएस को अधिकतम शक्ति र ११ एनएमको अधिकतम टर्क दिन्छ । यसमा ५–स्पीड ट्रान्समिसन र काउन्टर ब्यालेन्सर जस्ता विशेषताहरू समावेश छन् । यो मोडलमा उत्कृष्ट इन्धन सक्षमता रहेको कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर