२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री

Nada
२०८२ वैशाख १७ गते १७:०३
Shares
राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैन : प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देख्ने गरेका उल्लेख गर्दै जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे । 

‘रातिमा चारवटा स्याल कराउँदा वनै घन्किएजस्तो हुन्छ । तिनले कराएर केही हुँदैन । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ’, उनले भने, ‘त्यस्ता प्रवृत्तिविरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङ्ग्रो बजाउनु पर्नेछ ।  यो काममा तपाईं, हामी, सबैले सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’  

प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा सकारात्मक र प्रेरणामूलक चलचित्र र नाटक बनाउँदा हेर्ने दर्शकको कमी नहुने धारणा राख्दै सांस्कृतिक, कला, भाषालगायत मुलुकका विविधता संरक्षण र प्रवर्द्धन गर्ने किसिमका चलचित्र र नाटक निर्माण गर्नुपर्नेमा जोड दिए ।  

laxmi recruitement

सम्बन्धित खबर