काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको पार्टी एकता वैशाख १७ गते हुने बताएकी छन् ।
संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुरानकानीमा अध्यक्ष श्रेष्ठले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकता हुने बताएकी हुन् ।
उनले एकतापछिको पार्टीको संरक्षकमा रेशम चौधरी, अध्यक्षमा डा. चन्द्रकान्त राउत र सहअध्यक्षमा आफू रहने बताइन् ।
उनले भनिन्, ‘दुई पार्टीको एकता घोषणा १७ गते हो । १५ गते केन्द्रीय कमिटीको बैठक बोलाएका छौं । १७ गते एकता घोषणाका लागि १५ गते निर्णय गर्छौं । पार्टीको संरक्षक माननीय रेशम जी, अध्यक्ष डा. चन्द्रकान्त राउत, सहअध्यक्ष म रहेको छु ।’
एकतापछि पार्टीको नाम नागरिक जनमत पार्टी रहने उनले जानकारी दिइन् ।