२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

मध्यान्ह
२०८२ वैशाख ७ गते ११:४६
वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

काठमाडौं : वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने भएको छ । आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा वैशाख २० गते भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा दीप श्रेष्ठ सांगीतिक साँझ हुने जानकारी दिइएको छ ।

कार्यक्रममा १ हजार २ सय सम्मको उपस्थिति रहने आयोजकको भनाइ छ । सहभागिताका लागि प्रतिव्यक्ति एक हजार, १ हजार ५ सय र २ हजार ५ सय सम्मको प्रवेश टिकट रहने आयोजकको भनाइ छ ।

कार्यक्रम स्थलमा विभिन्न उत्पादनहरु एवं विभिन्न परिकारका खानाका स्टलहरुसमेत रहने बताइएको छ । पत्रकार सम्मेलनका क्रममा बौल्दै गायक तथा संगीतकार दीप श्रेष्ठले संगीतमा आधुनिकीकरण बढिरहेको र ट्रयाकमा गाउने कुरा गायकहरुका लागि राम्रो नभएको बताए । उनले समसामयिक गीतहरु लोप हुन थालेकोप्रति चिन्ता व्यक्त गरे ।

ADV

सम्बन्धित खबर