२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

ढोरपाटन-गुर्जा पदमार्गमा काठे पुल निर्माण

मध्यान्ह
२०८२ वैशाख २ गते ०९:३६
ढोरपाटन-गुर्जा पदमार्गमा काठे पुल निर्माण

म्याग्दी : ढोरपाटन सिकार आरक्षको गुर्जा घाट र म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ । 

धवलागिरि गाउँपालिकाको रु. पाँच लाख अनुदान र उपभोक्ताको रु. ६० हजार बराबरको श्रमदानमा ३२ मिटर लामो पुल र दुई सय मिटर पुलसम्म पुग्ने पदमार्ग निर्माण भएको हो । पुल निर्माणपछि गुर्जाका बासिन्दा र ढोरपाटन–गुर्जा पदमार्गमा यात्रा गर्ने पर्यटकलाई बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको धवलागिरि-१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालले जानकारी दिए । 

“रुघाचौरबाट आउने र हुचिनखोलाको दोभानमा बर्खामा आकस्मिक रूपमा बाढी आउने गर्छ । पुल नहुँदा खोला तर्ने क्रममा बाढीले बगाउने जोखिम थियो”, उनले भने “गाउँमा  भएको पुराना पुलको लठ्ठा झिकेर राखिएको थियो । सोही लठ्ठा तानेर काठको फल्याक बिछ्याएर स्थानीय प्रविधिबाट पुल बनाइएको हो ।”

हुचिनखोला हुँदै ढोरपाटन सिकार आरक्षको गुर्जा घाट जोड्ने पदमार्ग छ । पर्यटकका साथै स्थानीयवासीले पशुलाई गोठ लैजान, जंगलमा च्याउ, टुसा, जडीबुटी संकलन गर्न जानका लागि हुचिनखोला तर्नुपर्छ ।

ADV

सम्बन्धित खबर