२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

सभापति देउवाद्वारा शोक व्यक्त

Nada
२०८१ चैत २ गते १२:२६
Shares
सभापति देउवाद्वारा शोक व्यक्त

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठकी ८९ वर्षीया आमा लीलादेवी श्रेष्ठको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । 

सभापति देउवाले आज शोक विज्ञप्ति निकालेर स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । उनको आज अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर