२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

मध्यान्ह
२०८१ चैत १ गते ११:२४
जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

जनकपुरः जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ ।

शुक्रबार (आज) परिक्रमा यात्री लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना हुँदा २० जना बढी यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ६ वटा एम्बुलेन्समा घाइतेलाई उपचारको लागि अस्पतालहरुमा लगिएको छ । यद्यपि घाइतेको एकिन संख्या केही बेरपछि मात्र भन्न सकिने उनले बताए ।

१५ दिने मिथिला मध्यमा परिक्रमा समापन गरेर उनीहरु फर्किरहेको जनाइएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर