२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मत दिन आग्रह

मध्यान्ह
२०८१ फागुन १५ गते १५:२३
मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मत दिन आग्रह

काठमाण्डु :  नेपालले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा मतदान गर्न विश्व समुदायलाई आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औं उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरूलाई परिषद्को सदस्यमा मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी हुन् ।

मन्त्री राणाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवद्र्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरिन् ।

मन्त्री राणाको सम्मानमा जेनेभास्थित नेपाली स्थायी नियोगले बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूका लागि स्वागत समारोह आयोजना गरेका थिए । सोही समारोहमा मन्त्री देउवाले सम्बोधन गर्ने क्रममा  नेपाललाई मत दिन आग्रह गरिन् ।

समारोहमा जेनेभामा रहेका १ सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।

देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी हुन् । उनी शुक्रबार बिहान स्वदेश फर्कँदै छिन् ।
 

ADV

सम्बन्धित खबर