२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मत दिन आग्रह

Nada
२०८१ फागुन १५ गते १५:२३
Shares
मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मत दिन आग्रह

काठमाण्डु :  नेपालले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा मतदान गर्न विश्व समुदायलाई आग्रह गरेको छ ।

ncell

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औं उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरूलाई परिषद्को सदस्यमा मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी हुन् ।

मन्त्री राणाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवद्र्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरिन् ।

मन्त्री राणाको सम्मानमा जेनेभास्थित नेपाली स्थायी नियोगले बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूका लागि स्वागत समारोह आयोजना गरेका थिए । सोही समारोहमा मन्त्री देउवाले सम्बोधन गर्ने क्रममा  नेपाललाई मत दिन आग्रह गरिन् ।

समारोहमा जेनेभामा रहेका १ सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।

देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी हुन् । उनी शुक्रबार बिहान स्वदेश फर्कँदै छिन् ।
 

सम्बन्धित खबर