२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

मध्यान्ह
२०८१ माघ १६ गते १७:५२
ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

काठमाडौँ : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ ।

प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शंकर पोखरेलले वरिष्ठ उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । 

एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गए राति महासचिव पोखरेल जापान प्रस्थान गरेका हुन् । डा.अधिकारीका अनुसार नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा महासचिव पोखरेल सहभागी  हुनेछन् ।

ADV

सम्बन्धित खबर