२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

रास्वपाको सचिवालय बैठक आज बस्दै

मध्यान्ह
२०८१ माघ १४ गते ११:०७
रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू र नयाँ नियमावलीहरू प्रस्तावका बारेमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो ।

सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने विषय, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनलगायत विषय छलफलका एजेण्डा रहेका छन् ।

ADV

सम्बन्धित खबर