२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

एमालेले बोलायो संसदीय दलको बैठक

मध्यान्ह
२०८१ माघ १३ गते १४:०१
एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए । 

उनले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताए । 

ADV

सम्बन्धित खबर