२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न सकेन : मुख्यमन्त्री कार्की

मध्यान्ह
२०८१ पुष १५ गते २१:२७
अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न सकेन : मुख्यमन्त्री कार्की

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थीरताका कारण अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न नसकेको बताएका छन् । 

सोमबार विराटनगरमा एभिन्यूज टेलिभिजनले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले सरकार परिवर्तन भइरहँदा नीति पनि परिवर्तन हुने गरेकाले अर्थतन्त्रमा समस्या देखिएपनि पछिल्लो समयमा देशको अर्थतन्त्र सही दिशामा गएकोे बताए ।

उनले दुई ठूला दलहरु मिलेर सरकार बनेको र अर्थतन्त्र बिस्तारै सामान्य बन्ने क्रममा रहेको समेत जानकारी दिए । मुख्यमन्त्री कार्कीले अझै पनि दुई दलबीचको सहकार्य कति समयसम्म जान्छ भन्ने कुराले उद्योगी व्यवसायीहरुबीचमा त्रास उत्पन्न गर्न खोजिएकाले पनि केही कुरा अफ्ठयारो भएको धारणा राखे ।

No description available.

उनले नकारात्मक विषयलाई मात्रै सञ्चार माध्यम र सामाजिक सञ्जालले प्राथमिकता दिँदा कतिपय राम्रा विषय ओझेलमा परेको चर्चा गर्दै सरकारले पछिल्लो मौद्रिक नीति आएपछि अर्थतन्त्रमा निकै सुधार गरेको दाबी गरे । कोशी प्रदेश सरकारले लगानी सम्मेलन, पर्यटन वर्ष र चिया सम्मेलनको कार्यक्रमलाई अघि सारेर प्रदेशमा अर्थतन्त्र चलयामान गर्ने प्रयत्न गरेको कार्कीले बताए । उनले भने, ‘हामी नीतिगत कुराहरु प्रदेशमा हुने प्रदेशमै र केन्द्रमा हुने केन्द्रमै गएर टुंग्याइ लगानीको वातावरण बनाउनेछौं ।’ 

निजी क्षेत्रलाई उत्साहित गर्न जग्गा लगायत विद्युतका विषयमा सहुलियत दिन छलफल सुरु गरिएको जानकारी दिँदै उनले जग्गाको खोजी भइरहेको बताए । 

प्रदेशले मात्रै नीति बनाएर नपुग्ने यसमा संघ, सरकारले पनि ध्यान दिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै काम अघि बढेको उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर