२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

ग्लोबल आइएमई बैंक १८औं वर्षमा प्रवेश गर्दै

मध्यान्ह
२०८१ पुष १२ गते २१:००
ग्लोबल आइएमई बैंक १८औं वर्षमा प्रवेश गर्दै

काठमाडौं : ग्लोबल आइएमई बैंक व्यावसायिक रूपमा सञ्चालनमा आएको आगामी पुस १८ गते १८ वर्ष पूरा हुँदैछ । आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८ अर्ब ८६ करोड ७३ लाख र कर पछिको मुनाफा ६ अर्ब १३ करोड ७४ लाख रूपैयाँ हासिल गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा बैंकको खुद ब्याज आम्दानी गत वर्षभन्दा २५ करोड रूपैयाँले कमी भएको छ भने फी शुल्क तथा सञ्चालन आम्दानीमा भने १ अर्ब १२ करोड ७७ लाख रूपैयाँले वृद्धि भएको छ । त्यस्तै, सञ्चालन खर्चतर्फ पनि १ अर्ब ८ करोड ४६ लाख रूपैयाँले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५ करोड ६९ लाखले कमी आएको छ ।

कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षा अनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा संकुचन आएको छ । बैंकले सो मुनाफापछि ५.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा भने बैंकको निक्षेपमा २४ अर्ब ५१ करोडले वृद्धि भइ ५ खर्ब २९ अर्ब ३८ करोड पुगेकोे छ भने कर्जा लगानीतर्फ पनि २७ अर्ब ८६ करोडले वृद्धि भइ ४ खर्ब १८अर्ब ६३ करोड पुगेको छ ।

चालु वर्षको प्रथम त्रैमास अवधिमा बैंकले १ अर्ब ५१ करोड रूपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन् २०२२ मा युरो मनी अर्वाड, द वेस्ट बैंक इन नेपाल, बेष्ट इम्प्लोयर लगायतका प्रतिष्ठित अवार्डहरूबाट सम्मानित भएको छ ।

हाल सो बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालय, शाखा रहित बैंकिङ सेवा, एटिएम, एक्सटेन्सन र अन्य काउन्टरहरू समेत एक हजार एक सयभन्दा बढी सेवा केन्द्रमार्फत करिब ५० लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

ADV

सम्बन्धित खबर