काठमाडौंः नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गर्दै भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको जनाएको छ ।
कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको सूचनामा उल्लेख छ । राष्ट्र बैंकको विप्रेषण नियमावली २०७९(प्रथम संशोधनसहित)को विनियम १३ को उपनियम ८ बमोजिम सूचना प्रकाशित गरिएको गरी खारेज गरेका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन पनि आग्रह गरेको छ ।