२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

कांग्रेसको स्वास्थ्य विभागमा सदस्य मनोनयन

मध्यान्ह
२०८१ पुष ११ गते १६:४३
कांग्रेसको स्वास्थ्य विभागमा सदस्य मनोनयन

काठमाडौंः नेपाली कांग्रेसले पार्टीको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन गरेको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव प्रमुख रहेको उक्त विभागमा आज थप सदस्य मनोनयन गरेका हुन्।

सभापति देउवाले डा लक्ष्मीराज पाठक (कैलाली), डा मुक्तिराम श्रेष्ठ (अर्घाखाँची), डा अनिलकुमार झा (सप्तरी), डा सुमन कर्माचार्य (रामेछाप), डा सुशीलनाथ प्याकुरेल (ललितपुर), श्यामचन्द्र यादव (धनुषा), ईश्वर कार्की (झापा), विष्णुप्रसाद भट्टराई (स्याङ्जा), पुजा फुयाल (सोलुखुम्बु) र वुधिसरा सुनुवार (सुर्खेत)लाई सदस्य पदमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर