२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा १० सदस्य मनोनयन

मध्यान्ह
२०८१ पुष ११ गते १४:१८
कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा १० सदस्य मनोनयन

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ ।
      
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेल प्रमुख रहेको पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्य थप गरेका हुन् ।
     
सभापति देउवाले प्रा विनय कुसियत (धनुषा), प्रा डा रश्मी राजभण्डारी (काठमाडौँ),  डा सुदन ओली (रोल्पा), डा ईशा घर्ती (लमजुङ), डा रेवतबहादुर कार्की (ओखलढुङ्गा), डा प्रताप छत्कुली (धादिङ), डा राजेन्द्रवीर चन्द (कैलाली), अमरबहादुर रोकाय (सुर्खेत), राजकुमार त्रिपाठी (धादिङ) र होमप्रसाद घिमिरे (ललितपुर)लाई सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर