२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

चार महिनापछि लेखा समिति बैठक भोलि बस्दै

मध्यान्ह
२०८१ पुष ७ गते १८:५९
चार महिनापछि लेखा समिति बैठक भोलि बस्दै

काठमाडौं : संसद्को सार्वजनिक लेखा समितिको बैठक चार महिनापछि आइतवार बस्दै छ । बैठक सोमबार दिउँसो १ बजे बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ । 

बैठक गत भदौ ९ गतेयता बैठक बसेको छैन । समितिका पछिल्ला चार बैठकमा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषयमा छलफल भएको थियो । त्यसपछि समितिका सभापति ऋषिकेश पोखरेलले बैठक बोलाउन अनिच्छा देखाए ।

भदौ ९ गते बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड तथा ट्रंकलाइनको प्रमाण माग गरेको थियो । त्यसपछि प्राधिकरणले करिब ७५ हजार पेज बराबरको विवरण समितिमा पठाइदिएको थियो ।

लामो समयसम्म बैठक नबसेको आलोचनापछि सोमबारका लागि बैठक डाकिएको हो । बैठकमा बेरुजुसँग सम्बन्धित छलफल गर्न बनेको उपसमितिको प्रगतिको समीक्षा गर्ने कार्यसूची छ ।

ADV

सम्बन्धित खबर