२०८२ भदौ २५ गते बुधवार / Sep 10 , 2025 , Wednesday
२०८२ भदौ २५ गते बुधवार
Ads

कृषिको विकासका लागि सामूहिक प्रयासमा जोड 

shivam cement
मध्यान्ह
२०८१ पुष ७ गते १७:३९
कृषिको विकासका लागि सामूहिक प्रयासमा जोड 

काठमाडौंः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । सातवटै प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बसेको विषयगत समितिको १०औं बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने  गरी योजना बनाउनुपर्ने र कार्यन्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।  

बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरी स्थानीय तहमार्फत कानुन तथा कार्यविधि बनाइ लागू गर्न आवश्यक रहेको बताउँदै मन्त्री अधिकारीले यसका लागि प्रदेश र संघिय सरकारले सर्शत र विशेष अनुदान उपलब्ध गराउनु पर्ने धारणा व्यक्त गरे ।

मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफुलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना वनाउन आवश्यक रहको बताए । विदेशबाट फर्किएकाहरूलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार बनाउने गरी काम गर्न पनि मन्त्री अधिकारीले आग्रह गरे ।  

बैठकमा सातै प्रदेशका कृषिसँग सम्बन्धित सचिवहरूले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्थाबारे प्रस्तुती दिएका थिए भने प्रदेशमन्त्रीहरूले आ–आफनो धारणा राखेका थिए। बैठकमा यस अघि बसेको नवौं बैठकले गरेका निर्णय कार्यन्वयनको समिक्षा भएको थियो । राष्ट्रिय किसान आयोगका अध्यक्ष, गाँउपालिका महासंघका अध्यक्ष, मन्त्रालयका सचिव , सह–सचिव,  प्रदेश कृषि सचिवहरूसँगै आयोजना प्रमुख, महाशाखा प्रमुखहरूको पनि  बैठकमा उपस्थिति रहेको  थियो  ।

ADV

सम्बन्धित खबर

Advertise