२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

विकल स्मृतिमा विविध पुरस्कारहरू अर्पण

shivam cement
मध्यान्ह
२०८१ पुष ७ गते १३:२४
विकल स्मृतिमा विविध पुरस्कारहरू अर्पण

काठमाडौं : नेपाली साहित्यका यशस्वी साधक रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता तथा समाजसेवी लगायतलाई पुरस्कार अर्पण गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको सहआयोजनामा भएको कार्यक्रममा भाषा, साहित्य, कला तथा समाजसेवाका क्षेत्रमा सक्रिय व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा ५० हजार रुपैयाँ राशीसहितको विकल वाङ्मय पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको थियो । २० हजार रुपैयाँ राशीको विकल—सुशीला समाजसेवा पुरस्कार मासिक एक सय अभियानलाई प्रदान गरियो । त्यस्तै साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्कार, अमरकुमार प्रधानलाई रमेश विकल बालसाहित्य पुरस्कार प्रदान गरिएको थियो । यसैगरी रमेश विकल–सुशीला संघर्षशील नारी पुरस्कार चिनीमाया माझीलाई प्रदान गरियो भने रमेश विकल कला–ंसंगीत पुरस्कार रामकृष्ण दुवाललाई प्रदान गरियो । यो सबै पुरस्कारको राशी नगद १० हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा विकलको चर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’ उपन्याससहित संयुक्त विद्यावारिधि शोध ग्रन्थका लागि डा. बिदुला घिमिरेलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो भने बालसाहित्यको क्षेत्रमा उल्लेखनीय काम गरेबापत सुनौलो पाइला नेपाललाई सम्मान गरिएको थियो । त्यस्तै बिन्द्यबासिनी माबि, मन्डनकी दीलाशा तमाङलाई छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, संविधान सभाका पूर्व सदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाल, प्रतिष्ठानका महासचिव विजय चालिसेसहित साहित्यकारहरू गोविन्द प्रसाद घिमिरे, वसन्त रिजाल, आलोक चालिसेलगायतले नेपाली साहित्य, कला, संस्कृति तथा समाजसेवाको क्षेत्रमा विकलको विशिष्ट योगदानका बारेमा चर्चा गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise