२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

चिकित्सकलाई आत्महत्या रोकथामसम्बन्धी तालिम

मध्यान्ह
२०८१ मंसिर ३० गते १६:१५
चिकित्सकलाई आत्महत्या रोकथामसम्बन्धी तालिम

विराटनगर : आत्महत्या रोकथामसम्बन्धी एक दिने तालिम विराटनगरमा सम्पन्न भएको छ । 

नेपाल चिकित्सक संघ कोशी शाखाले आयोजना गरेको तालिममा चिकित्सकहरूलाई आत्महत्या रोकथामसम्बन्धी  प्रशिक्षण दिइएको हो ।

संघका साइन्टिफिक समितिका कोर्डिनेटर डा. पार्थ गुराइगाईंको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा वरिष्ठ मनोरोग विशेषज्ञहरू डा. रञ्जन थापा र डा. प्रभात चालिसेले प्रशिक्षण दिएका थिए । 

विराटनगर, इनरुवा, रंगेली, उर्लाबारी र दमकका ७० जना चिकित्सकहरू सहभागी प्रशिक्षणमा सहभागिता थिए ।

संघका सल्लाहकार डा. नारायण कुमार, डा. शंकर अधिकारी, पदाधिकारीहरू डा. सुनील रेग्मी, डा. तेजेन्द्र कार्की, डा. अमर यादव, डा. प्रेक्षा दली, डा. रितेशकुमार सिंह र डा. राजाबाबु मण्डल पनि तालिममा सहभागी थिए ।

विश्वमा प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गरेको तथ्यांक छ । १५ देखि ३५ वर्ष उमेरका मानिसहरूको मृत्युुको दोस्रो प्रमुख कारण आत्महत्या रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालमा यसका घटना उच्च दरमा बढेको जनाइएको छ ।

ADV

सम्बन्धित खबर