२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

सुदूरपश्चिमले दियो पोखरालाई १५४ रनको लक्ष्य

मध्यान्ह
२०८१ मंसिर ३० गते १४:४६
सुदूरपश्चिमले दियो पोखरालाई १५४ रनको लक्ष्य

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भइरहेको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको हो । 

सुदूरपश्चिमका लागि आरिफ शेखले ३८ बलमा २ चौका र १ छक्कासहित ४२ रन बनाए । ब्रान्डन म्याकमुलेनले २३ र कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन थपे भने ईशान पाण्डेले १० रन बनाए । यस्तै, विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन जोडे।


 

ADV

ताजा खबर

सम्बन्धित खबर