२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

मध्यान्ह
२०८१ मंसिर १८ गते १८:२३
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२० भिमसेनस्थान बस्ने ४४ वर्षीय निराजन मानन्धर र पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोट घर भइ काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्क बस्ने ३० वर्षीय चन्द्र प्रकाश झेडी रहेका छन् ।  

पक्राउ मध्ये निराजनले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ र चन्द्र प्रकाशले बोस्निया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निराजनलाई आइतबार र चन्द्र प्रकाशलाई सोमबार काठमाडौं टेकुबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

ADV

सम्बन्धित खबर