२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

मध्यान्ह
२०८१ मंसिर ७ गते १७:१३
सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

रसुवाः कालिका गाउँपालिका–१ ग्राङबाट सुनजस्तो देखिने धातु करिब २ किलोग्रामसहित गोसाईकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार लामाले लगाएको दुवै जुत्ताभित्र लुकाई छिपाई ल्याएको उक्त धातु फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

सम्बन्धित खबर