२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर बन्ने

मध्यान्ह
२०८१ मंसिर ३ गते २१:४५
दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर बन्ने

काठमाडौं : काठमाडौंको दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण शुरू भएको छ । दरवारमार्गमा रहेको होटल अन्नपूर्ण स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहको संयुक्त ६ अर्बको लगानीमा बन्ने अन्नपूर्ण स्क्वायरको सोमबार शिलान्यास गरिएको हो । 

कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले भूमिपूजा गरी अन्नपूर्ण स्क्वायर निर्माण शुरू गरेका हुन् । अन्नपूर्ण स्क्वायर दुई चरणमा काम गरेर २०८५ वैशाख १ गतेदेखि सञ्चालनमा आउने बताइएको छ । अन्नपूर्ण स्क्वायर भित्र ९ लाख स्क्वायर फिट क्षेत्रफलमा होटल हुनेछ भने जहाँ साढे तीन सय कोठा र क्यासिनो समेत रहनेछ । 

यस्तै, ४० कोठा अपार्टमेन्ट र भाटभटेनीको सुपरमार्केट समेत स्क्वायर भित्रै रहने छ । बि.सं. २०२२ सालमा खुलेको होटल अन्नपुर्ण २०७२ सालको भूकम्पपछि रिनोभेसन गर्ने भनिएको थियो तर, २०७७ सालमा आएको कोरोना महामारीपछि होटल बन्द भएको थियो ।

ADV

सम्बन्धित खबर