२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

वैकुण्ठ अर्यालले दिए राजीनामा

मध्यान्ह
२०८१ मंसिर ३ गते १३:३८
वैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौँ : राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा.वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।

उनले केही समय अघि मात्र भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । आइतबार मात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्याल केहि समयदेखि हाजिर कहाँ हुने अन्योल भएपछि घरमै बसेका थिए । सरकारसँग छलफलपछि उनले राजीनामा दिएको बुझिएको छ ।

१४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए ।

अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।

ADV

सम्बन्धित खबर