२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

विदेश जाने दक्ष कामदारको संख्या पनि बढ्दो

Nada
२०८१ कार्तिक २३ गते ०६:३०
Shares
विदेश जाने दक्ष कामदारको संख्या पनि बढ्दो

काठमाडौं : विदेशमा उच्चदरको आकर्षक तलब, सुविधा पाउने पदमा जाने दक्ष कामदारको संख्या बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ९ सय ४८ जनाले प्रोफेसनल अर्थात पेसागत श्रम स्वीकृति लिएका छन् ।

ncell

गत वर्ष असोज मसान्तसम्म त्यस्तो प्रोफेसनल अर्थात पेसागत जनशक्ति २ सय ७२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । प्रतिशतका हिसावले यो संख्या २ सय ५० को हाराहारीमा छ ।

प्रोफेसनल अर्थात पेसागत वर्गमा डाक्टर, इन्जिनियर, अनुसन्धानकर्ता, कम्प्युटर तथा मेकानिकल इन्जिनियर, प्राध्यापक, प्रशिक्षक, बैंकरलगायत कम्पनीलाई प्रमुख वा सहायक पदमा नेतृत्व प्रदान गर्न सक्ने उच्च बौद्धिक क्षमता भएको जनशक्ति मानिन्छन् । नेपालबाट बाहिरिएको उच्च दक्ष अर्थात दक्ष जनशक्तिमा महिलाको संख्या पनि उल्लेख्य छ । 

नेपालमा रोजगारीको कमी, रोजगार पाइहाले पनि तलब तथा सेवा सुविधाको न्यूनता तथा  राजनीतिक अस्थिरताले निजी क्षेत्रलाई पनि प्रभाव पारेका कारणले उच्चस्तरीय क्षमताको जनशक्ति बाहिरिने क्रममा दैनिक बढोत्तरी भएको बताइएको छ । उच्च शिक्षाका लागि भन्दै बाहिरिएको जनशक्तिको ठूलो हिस्सा पनि प्रकारान्तरले वैदेशिक रोजगारीमा जोडिने गरेको छ ।

नेपालबाट वैदेशिक रोजगारमा जाने कामदारहरुमध्ये करिब ६० प्रतिशत पूर्णरुपमा अदक्ष देखिन्छन् । एक अध्ययनअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये सेक्युरिटी गार्ड, घरेलु कामदार, कृषि मजदुरदेखि सामान्य प्रकृतिको दक्षता आवश्यक पर्ने पेन्टर, वेटर, ड्राइभर, सेल्स मेन, निर्माण मजदुर, कुक, सिकर्मी, डकर्मी, हजाम, इलेक्ट्रिसियन, कृषि मजदुर, प्लम्बिङ, स्काफोल्डर, बाइक राइडर, मालीजस्ता काममा जानेको बाहुल्यता रहेको छ ।

तर पछिल्ला वर्षहरूमा उच्चदरको आकर्षक तलब सुविधा पाउने पदमा जाने दक्ष कामदार पनि वैदेशिक रोजगारमा आकर्षित भएको देखिएको छ । नेपालबाट सामान्य सीपमा जाने, तर पछि सीप सिकेर उच्च पदमा पुगेर आकर्षक कमाइ गर्नेहरूको संख्या पनि बढ्दो दरमा छ ।

ताजा खबर

सम्बन्धित खबर