२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा सुनचाँदी पसलका संचालक पक्राउ

Nada
२०८१ कार्तिक २१ गते १७:१३
Shares
नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा सुनचाँदी पसलका संचालक पक्राउ

काठमाडौंः चाँदीको जस्तो देखिने नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसलका संचालक भक्तपुर नगरपालिका–७ बस्ने ३० वर्षीय सोहिल शाक्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र ५ सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू (खोटा मुद्रा) निर्माण गरी कारोबार समेत भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीले उनको पसलबाट सेतो प्लाष्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नेपाली एक हजार दरका १ सय १३ थान र ५ सय दरका २८ थान नक्कली नोटहरू फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर