२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

भरूवा बन्दुकसहित एक जना पक्राउ

Nada
२०८१ कार्तिक २१ गते १२:३२
Shares
भरूवा बन्दुकसहित एक जना पक्राउ

कैलालीः गोदावरी नगरपालिका-४ तखरे गाउँ बस्ने ६५ वर्षीय लाल बहादुर बुढामगरलाई भरूवा बन्दुक २ थान, सिसाको गोली ८ थान र बारूद करिब २ सय ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरीले बुढामगरको घरबाट करिब ५० मिटर टाढा चैतडा सामुदायिक जंगलको खोल्सोमा लुकाई छिपाई राखेको उक्त बन्दुक, सिसाको गोली र बारूद फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित खबर