२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

२० लाख घुसका आरोपित उप्रेती बिदामा

Nada
२०८१ कार्तिक १४ गते ०६:३५
Shares
२० लाख घुसका आरोपित उप्रेती बिदामा

काठमाडौं : डेनमार्कका लागि अवैतनिक श्रम दूत बनाइदिने भन्दै २० लाख घुस लिएको आरोप लागेका वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती आफूमाथिको छानबिन नटुंगिदै बिदामा बसेका छन् ।

ncell

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उप्रेतीविरुद्ध परेको उजुरीसहित कारबाही गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले उपसचिव शारदा राउतको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

उप्रेतीले दुई दिन लगातार समितिमा बयान दिएका छन् । छठपछि मात्रै उप्रेतीविरूद्वको छानबिन टुंगोमा पुर्‍याउने मन्त्रालय स्रोतले बताएको छ । उप्रेती २०७९ भदौ ६ गते कार्यकारी निर्देशक नियुक्ति भएका हुन् । तर त्यसपछि उनका काम विवादित बन्दै आएका थिए ।

उप्रेतीविरुद्ध सामाजिक सुरक्षाका नाममा मलेसियाको निजी कम्पनीसँग सम्झौता, बोर्डमा पारिवारिक व्यक्तिलाई अधिकृत स्तरको कर्मचारी नियुक्त गर्न निजी ल्यापटप प्रयोग गरी परीक्षा दिने अवसर दिएकोदेखि मन्त्रालयका महत्वपूर्ण कार्यक्रममा जानकारीबिना नै अनुपस्थित भएको, मन्त्रालयले दिएको निर्देशन अटेर गर्ने गरेको र बोर्डको जिम्मेवारीसमेत पूरा गर्न नसकेकोलगायतका आरोप रहेका छन् । उप्रेतीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।

सम्बन्धित खबर