२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Nada
२०८१ कार्तिक ८ गते १८:४६
Shares
अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ धुनिवेशी नगरपालिका–८ जीवनपुर घर भइ काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्तौलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

गर्तौलाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद १७ लाख रूपैयाँ  लिइ सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं दरबारमार्गबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर